सेना र गाउँलेको मिलेमतोमा आमहत्या

सेना र गाउँलेको मिलेमतोमा आमहत्या
+
-

समाचार संस्था रोयटर्सले म्यानमानरको रखाइन प्रान्तमा सुरक्षाकर्मी तथा गाउँलेको मिलेमतोमा अल्पसंख्यक रोहिंग्या समुदायका मासिनको आमहत्या भएको बारेको अनुसन्धानात्क विवरण सार्वजनिक गरेको छ ।

आमहत्याको रिपोर्टिङका लागि गएका आफ्ना दुई पत्रकारलाई म्यानमारको सेनाले पक्राउ गरेको पनि रोयटर्सले उल्लेख गरेको छ ।

वा लोन र केयव सिओ ओ माथि अहिले मुद्दा चलिरहेको छ । दुवै पत्रकारमाथि म्यानमार सरकारले राज्यको गोपनियता सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै मुद्दा चलाइएको हो ।

गएको वर्ष रखाइन राज्यमा १० जना रोहिंग्याको गैरकानूनी रुपमा हत्या भएको समाचार संस्था रोयटर्सले दाबी गरेको छ । आफ्ना पत्रकारले त्यसको प्रमाण नै बाहिर ल्याएको दाबी पनि छ । आफ्ना दुई पत्रकारले सार्वजनिक चासोका बारेमा रिपोर्टिङ गरिरहेको प्रमाण देखाउने रोयटर्सले बताएको छ ।

रोयटर्सका एडिटर–इन–चिफ स्टिफन जे एल्डरले भनेका छन्, ‘जब वा र केयव पक्राउ परे, हाम्रो प्राथमिकता उनीहरुको सुरक्षामा थियो । हामीले त्यहाँको कानूनी व्यवस्था बुझेपछि वा र केयव तथा उनका नातेदारसँग परामर्श गर्‍यौँ, त्यसपछि रखाइनको इन दिन गाउँमा भएको घटनाको वास्तविकता बाहिर ल्याउने जिम्मेवारी आफ्नो ठानेर काम गरेका हौँ ।’

विश्वव्यापी रुपमा नै सार्वजनिक चासोको विषय भएकाले आफूहरुले इन दिन गाउँमा भएको रोहिंग्याको सामूहिक हत्या सम्बन्धी विवरण सार्वजनिक गरिएको रोयटर्सका एडिटर–इन–चिफ स्टिफन जे एल्डरले बताएका छन् ।

को हुन् दुई पत्रकार ?

वा र केयव म्यानमारका पत्रकार हुन्, जसले केही शक्तिशाली रिपोर्टिङ गरेका छन् । उनीहरु गएको डिसेम्बर १२ मा पक्राउ परेका हुन् ।

पत्रकार केयव (बिचमा बायाँ तर्फ) र वा (बिचमा दायाँ तर्फ) । तस्बिर : इपिए

उनी प्रहरीलाई भेटेर केही जानकारी तथा कागजात लिएपछि पक्राउ परेका हुन् । सरकारी अधिकारीले दुईजनालाई राज्यको गोपनियता सम्बन्धी ऐनको उल्लंघन गरेकाले पक्राउ गरिएको बताएका छन् ।

आफ्ना लागि काम गर्दै आएका दुई पत्रकार पक्राउ परेपछि रोयटर्सले उनीहरुले गरिहेको अनुसन्धानका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

के विषयमा थियो रिपोर्टिङ ?

म्यानमारको उत्तरी प्रान्त रखाइनको इन दिन गाउँमा गएको सेप्टेम्बर २ मा केही रोहिंग्याको हत्या भएको थियो ।

रोयटर्सका अनुसार दुई पत्रकारले १० रोहिंग्याको हत्या भएको सम्बन्धमा प्रमाण संकलन गरिरहेका थिए । उनीहरुले त्यसका लागि स्थानीय बुद्धिस्ट, सुरक्षा अधिकारी र फोटोग्राफरसँग अन्तर्वार्ता लिएका थिए ।

रोयटर्सका अनुसार सुरक्षित स्थानको खोजीमा रहेका केही रोहिंग्या पुरुषले आफ्नो गाउँमा हत्याको क्रम चलेको बताएका थिए । उनीहरु त्यसबेला नदी किनारमा थिए ।

तर उनीहरुलाई देखेपछि गाउँमा बुद्धिस्ट पुरुषले चिहान खन्नका लागि निर्देशन दिएको र १० जना रोहिंग्या पुरुषको हत्या भएको रोयटर्सले जनाएको छ ।

त्यसमध्ये कम्तिमा दुईजनालाई बुद्धिस्ट गाउँलेले झुण्ड्यारे हत्या गरेको र बाँकीलाई सुरक्षाकर्मीले गोली हानेको रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सले त्यो घटनाको तस्बिर पनि सार्वजनिक गरेको छ र रोहिंग्या हत्या मामिलामा म्यानमारको सेना तस्बिरमै कैद भएको र त्यो बाहिर आएको पहिलो घटना रहेको दाबी गरेको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’