प्रतिनिधिसभामा समानुपानिक तर्फको सिट आज बाँडफाँड हुँदै

प्रतिनिधिसभामा समानुपानिक तर्फको सिट आज बाँडफाँड हुँदै
+
-

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने भएको छ ।

बुधाबार राष्ट्रियसभाको चुनाव सकिएसँगै आयोगले समानुपातिकतर्फको एक सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले समानुपातिकको बन्दसूचिबाट कल्स्टरका आधारमा नाम छनौट गरेर पठाउन तीन दिनको समय दिन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभाको मत गणना मंसिरको अन्तिम हप्ता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन ।

बुधबार सम्पन्न भएको राष्ट्रियसभा चुनावमा एमालेबाट ११ महिलासहित २७, कांग्रेसबाट ६ जना महिलासहित १३ जना, माओवादी केन्द्रबाट ३ महिलासहित १२ जना, संघीय समाजावादी फोरमबाट एक महिलासहित दुईजना र राजपाबाट दुईजना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकको एक सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६/६ सिट पाउनेछन् । दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?