नेपाल भर्सेस ओमान : ओमानले टस जित्यो

नेपाल भर्सेस ओमान : ओमानले टस जित्यो
+
-

काठमाडौं – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग खेल्दैछ । ओमानले टस जितेर फिल्डिङ रोजेको छ । अब नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

बिहीबारदेखि नामिबियामा सुरु भएको प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपालले शुक्रबार ओमानको समाना गर्न लागेको हो । खेल नामिबियाको विन्डहोकमा हुनेछ । प्रतियोगितामा नेपालसहित क्यानडा, ओमान, केन्या, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले बिहीबार पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको हो । जितसँगै नेपाल ६ राष्ट्र सम्मिलित प्रतियोगितामा २ अंकसहित तेस्रो स्थानमा छ ।

राउन्ड रोबिन लिगका आधारमा सन्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली आउँदो वर्ष हुने एक दिवशीय विश्वकप क्रक्रिकेट छनौट खेलका लागि छानिने छन् ।

केन्या, युएई, नामिबिया र नेपाल वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शनपछि तल झरेका हुन् । १० टोली सहभागी हुने विश्वस्तरको छनौटबाट दुई टोली विश्वकपमा छनौट हुनेछन् ।

विश्वस्तरको छनौटमा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन् ।

त्यसैले डिभिजन टू सबै ६ टोलीका लागि महत्वपूर्ण छ । नेपालले फेब्रुअरी ११ मा युएई, फेब्रुअरी १२ मा केन्या तथा फेब्रुअरी १४ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?