चार वर्षअघि हराएका बालक फेला

+
-

कपिलवस्तु-चार वर्षअघि हराएका एक बालक भेटिएको छ। झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्‍जाव घुम्‍न गएका थिए ।

मामाले पञ्‍जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए।

भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो। उक्त प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा पठाएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताए।

झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक छोरा सुनिललाई यही पुस २६ गते जिल्ला बाल कल्याण समितिमार्फत बालगृहमा लाइएको र उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको उनले जानकारी दिए।

बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन झापा जिल्ला बालकल्याण समितिसँग समन्वय गरी छिट्टै झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?