नेपालगञ्जको एक होटलमा किशोरी बलात्कृत

+
-

नेपालगञ्ज – नेपालगञ्जको एक होटलमा १४ वर्षकी किशोरी बलात्कृत भएकी छन् । पुष्पलालचोकस्थित दरबार होटलमा बिहीबार राति २१ वर्षीय युवकले किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

युवकले मुख थुनेर जबरजस्ती गरेपछि उम्किएकी बालिकाले पुष्पलालचोकमा डिउटी रहेका प्रहरीलाई उजुरी गरेकी थिइन् । तत्कालै प्रहरी होटलमा पुग्दा युवक फरार भइसकेका थिए ।

होटलमा खाजा खान भनेर चारजना पुगेका थिए । १४ वर्षकी किशोरीसँगै २० वर्षकी अर्की युवती पनि थिइन् । खाजा खाइसकेपछि २० वर्षकी युवतीलाई अर्का युवकले तानेर बाहिर लगेका थिए । कोठामा एक्लै पारेर २१ वर्षका युवकले किशोरीलाई बलात्कार गरेका हुन् ।

घटनापछि किशोरीलाई फकाउने कोसिस भए पनि उनीले नमानेर पुष्पलालचोकस्थित डिउटीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार बलात्कार गर्ने युवक फरार छन् । उनको प्रहरीले खोजी भइरहेको छ ।

सम्बन्धित समाचार 

दरबारमार्गको सामूहिक बलात्कार मिलापत्रमा डिएसपी, इन्स्पेक्टर र सईलाई हदैसम्मको कारबाही!

बालिका बलात्कारको यो कहालीलाग्दो श्रृंखला

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’