मोरङ- प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ।
विराटनगरको जिल्ला समन्वय समितिको भवनमा सुरु भएको मतदानमा प्रदेश एक संयोजक भीम आचार्य र उप संयोजक शेरधन राईबीच तीव्र प्रतिस्पर्धा रहेको छ।
विहान ११ बजे दुवै उम्मेद्वारले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। उम्मेदवारीका लागि शेरधन राईले पहिलो नम्बर उम्म्ेदवारी दर्ता गराएका थिए। जसमा प्रस्तावकमा सुनसरीका जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की रहेकाछन्।
त्यसै गरी उम्मेद्वारी दर्ता क्रममा दोश्रो नम्बर भीम आचार्य रहेका थिए। आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ रहेका छन्।
यसैबीच अर्का प्रतिस्पर्धा जीवन घिमिरे भने होडबाट बाहिरि सकेका छन्। मनोनयन दर्ता गरेका दुवै उम्म्देवारका लागि घिमिरेको साथले महत्वपूर्ण अर्थ लाग्ने छ।
त्यसैगरी मतदान प्रक्रिया ३: ३० बजेसम्म रहने बताइएको छ। प्रदेश सभासदस्यमा एमालेको कुल ५१ सभासदस्य रहेका छन्।