ई-सिगरेट कति सुरक्षित ?

ई-सिगरेट कति सुरक्षित ?
+
-

लण्डन- यदि लाखौ कोशिस गर्दा पनि चुरोट छोड्न गाह्रो भइरहेको छ भने तपाईलाई अब ई-सिगरेटले तपाईलाई चुरोटको बानी छुटाउन मद्दत गर्नेछ। किनकी ईसिगरेट धूम्रपानभन्दा ९५ प्रतिशत कम हानिकारक मानिएको छ।

पब्लिक हेल्थ इंगल्याण्ड (पीएचआई)को भर्खरै निकालिएको रिपोर्टमा भनिएको छ,’ करीब २० हजार मानिसहरु ई-सिगरेटको माध्‍यमबाट धूम्रपान छोडिरहेका छन्।’

पीएचईले चिकित्सकलाई पनि आफनो विरामीलाई धूम्रपानको साटो ईसिगरेट सिफारिस गर्न भनेको छ भने अस्पतालमा पनि ई-सिगरेट बेच्‍न अनुमति दिनुपर्ने भनिएको छ।

यसका साथै रिपोर्टमा भनिएको छ,’यस्तो एउटा अलग्‍गै ठाउँहोस जहाँ मानिसहरु गएर ईसिगरेट पिउन पाओस्।’ त्यतिमात्रै नभएर अस्पतालको बिरामीको बेडमा समेत इसिगरेटको व्‍यवुस्था हुनु पर्ने बीबीसीले उल्लेख गरेको छ।

वेल्समा सरकारले नै स्कुल तथा अस्पतालमा समेत केही ठाउँमा ई-सिगरेट पिउन रोक लगाइएको थियो तर सरकारको उक्त कुरालाई लेबर पार्टीले विरोध गरेपछि संसदबाट पास हुन पाएन।

बेलायतम इ-सिग्रेटलाई अहिले पनि धुम्रपान छोटाउने तरिकाको रुपमा लाइसेन्स दिइएको छैन। तर पनि पीएचइले औषधि बनाउने कम्पनी जस्तो इसिगरेट पनि हुन सक्‍ने दाबी गर्दै आएको छ।

पीएचईका हेल्थ इम्प्रूभमेन्ट डाइरेक्टर जोन न्‍यूटन भन्छन् ‘ यदि एमएचआरए (चिकित्सा तथा स्वास्थ्यसँग जोडिएको उत्पादनको नियामक एजेन्सी) कम्पनीको बाटो सजिलो बनाउने केही त मद्दत हुन्छ। तर केही जानकारहरुले यो कुरालाई ठम्‍याउन सकिरहेका छैनन् की यसले कति नोक्सान पुर्‍याउँछ।’

यता, जोन न्‍यूटनले भने धूम्रपानभन्दा धेरै गुणा सुरक्षित भएकोमा जोड दिएका छन्। उनले दाबी गर्दै भन्छन्, ‘ निकोटिनभन्दा यो ईसिगरेट धेरै सुरक्षित छ।साथै साधारण व्‍यक्तिमा पनि केही असर गर्दैन।’

यस्तै किंग्‍स कलेज अफ लण्डनले टोबाको एडिक्शनका प्राध्‍यापक तथा रिपोर्टमा काम गरिरहेका एन म्‍याक्निलले भनेका छन्, ‘ विश्‍वभर धूम्रपान चिन्ताको विषय थियो। तर अब यो चिन्ताको विषय रहने छैन। परम्परागत तमाखु हानिकारक भए पनि ईसिगरेट निक्‍कै कम हानिकारक हुनेछ।’

उनले भनेका छन्, ‘ जब मानिसले तमाखूवाला सिगरेट पिउँछ त्‍यसबाट ७ हजार धुवाका घुटका पेटभित्र लैजान्छ जसमा ७० प्रतिशत क्‍यान्सर हुने सम्भावना रहन्छ। तर ईसिगरेटमा क्यान्सर गराउँन तत्व धेरै कम मात्रामा रहन्छ।’

उनी दाबी गर्दै भन्छन्, ‘ मानिस सिगरेट निकोटिनको लागि पिउँछ। तर कम मानिस मात्रलाई थाहा छ निकोटिनले कम मात्रै असर गर्छ। धेरै नोक्सान धुँवाले नोक्सान गर्छ।’

रिपोर्टमा समेत भनिएको छ, ‘ यस्तो कुनै प्रमाण भेटिएको छैन जसमा युवालाई ई सिगरेटले धूम्रपान तर्फ आकर्षण गरिरहेको छ। यसले त झन युवामा धूम्रपानमा फस्नबाट बचाउन मद्दत गर्दछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?