एप्पलको गोप्‍य ‘सोर्स कोड’ लिक, पुरानो आइफोन प्रयोगकर्तालाई खतरा !

एप्पलको गोप्‍य ‘सोर्स कोड’ लिक, पुरानो आइफोन प्रयोगकर्तालाई खतरा !
+
-

काठमाडौं-अमेरिकी बहुचर्चित कम्पनी एप्पल आइओएसको सोर्स कोड लिक्ड भएकोछ। ह्‍याकरहरुले उक्त सोर्स कोडलाई अनलाइनको ‘इतिहासमा सबैभन्दा ठूलो’ मानेका छन्।

साथै उनीहरुले एप्पलको कोर सफ्टवेयर ‘आइबुट’ को सोर्स कोड लिक्ड गरेपछि कमजोर बनाएर छाडिदिएका छन् जसलाई डरलाग्दो भनिएको छ। किनकी यसले गर्दा आइफोनका प्रयोगकर्ता जसले आफ्नो मोबाइल अपडेट गरेका छैनन्, उनीहरुलाई हानी पुर्‍याउन सक्‍ने चेतावनी दिइएको छ।

यता, एप्पलमै थुप्रै किताब लेखिसकेका एवं शोधकर्ता जोनाथन लेविनले भनेका छन्, ‘ एप्पको मदरबोर्डमा भएको इतिहासकै ठूलो सोर्स कोड चोरी हो यो। यसलाई इन्जिनियरिङ विभागबाटै स्वीकार गरिएको छ।’

लेविनले भनेका छन्, ‘ यो एक ठूलो दुस्मनी हो।जसले आइब्‍युड कोडलाई चोरी गरेर अनलाइनमा राखेका छन् र बार्गेनिङ गर्न खोजिरहेका छन्।’

उनका अुनुसार आइबुट एउटा महत्वपूर्ण हिस्सा हो जुन एप्पसँग मात्र छ, अहिले पनि यसले ६४ बिटको इन्क्रिप्टेट अर्थात गोप्‍यतालाई सुरक्षित गरिरहेको छ।तर अब यो खुल्ला रुपमा आएको छ जसले ठूलो हैरानी र नोक्‍सानी हुन सक्‍छ।’

यद्य‌पी लिक भएको आइबुट कोड आइओएस ९ बाट लिइएको बताइएको छ। तर अनुसन्धानकर्ताहरुले एप्पल मोबाइलको अपरेटिङ सिष्टममै छिरेर केही खोज गर्न गरिरहेको हुन सक्‍ने बताएका छन्।

कुनै पनि आइबुटले आइफोनको संवेदनशीलतालाई पत्ता लगाउने र आफोनको डिक्रिप्ट गर्न सक्‍ने बाटो देखाइ दिने भएकाले सोर्स कोड भारती खतरा हुने गर्दछ। यसले गर्दा ह्‍याकरहलाई आइफोनबाट चोरी गरेको सोर्सकोडबाट नयाँ प्रकारको सिष्टम बनाउन मद्दत पुग्‍ने देखिएको छ।

मदरबोर्डका अनुसार आइबुटको पछिल्लो संस्करण भित्र स्क्रीन लक गर्ने सेक्‍युरिटी र पुरानो मोडेलको आइफोनलाई आफ्नो तरिकाले चलाउन मिल्‍ने लक राखिएको छ। जसले गर्दा सबै आइफोनलाई पहुँचमा लिन सकिन्छ।

तर मदर बोर्डमा सुरक्षित एन्क्वेल प्रोसेर जुन नयाँ डिभाइसमा भने राखिएको छैन। यसले गर्दा थप सुरक्षित भएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

उनीहरुले भनेका छन् ‘ आइबुटले पनि आफ्नो जेलब्रेक फिर्ता लिन सक्छ, जसको माध्‍यमबाट बुट गरेर पनि कम्प्युटर कनेक्शनमा कुनै असर पर्दैन।’

यता, एप्पले भने उक्त सोर्स कोड आइओएस ९बाट भएको र यो सन २०१५ मा जारी गरिएको भनेर पुष्टि गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?