प्रदेश नम्बर ३ : एमालेका सानुकुमार श्रेष्ठ सभामुखमा बन्ने

प्रदेश नम्बर ३ : एमालेका सानुकुमार श्रेष्ठ सभामुखमा बन्ने
+
-

काठमाडौं – प्रदेश नम्बर ३ को प्रदेशसभाको सभामुख एमाले पोलिट्ब्युरो सदस्य तथा प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठ हुने भएका छन् ।

काठमाडौंका श्रेष्ठलाई प्रदेशसभाको सभामुख बनाउने निर्णय भएको एमाले नेतृत्वले जानकारी दिएको छ । श्रेष्ठ २०५४ सालमा जिल्ला विकास समिति काठमाडौंको सभापति पनि भएका थिए । उनी एमाले अध्यक्ष केपी ओली गुटकै नेता हुन् ।

श्रेष्ठ प्रदेशसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ ‘क’ बाट विजयी भएका हुन् । वाम गठबन्धमा भएको सहमति अनुसार उपसभामुख एकीकृत माओवादीले पाउने छ ।

माओवादीले यसअघि नै राधिका तामाङलाई उपसभामुखको रुपमा प्रस्तुत गरेको छ । प्रदेश नम्बर ३ मा एमाले मुख्यमन्त्रीसहित सभामुख पाउने सहमति भएको थियो ।

एमाले संसदीय दलको नेतामा विजयी भएको डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने छन् । पौडेल पनि ओली खेमाकै हुन् । उनले नेता माधव नेपाल खेमाकी अष्टलक्ष्मी शाक्यालाई पराजित गरेका हुन् ।

सम्बन्धित समाचार 

३ नम्बर प्रदेशको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध

सानु श्रेष्ठले खाए प्रदेश ३ सभामुखको शपथ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?