धादिङ – त्रिशूली नदीमा गाडी खस्दा बेपत्ता भएका सिँचाई मन्त्रालय सचिव रामानन्द यादवको शव भेटिएको छ।
यादव चढेको बा १ झ ३१४० नम्बरको जिप धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बिहान त्रिशूली नदीमा खस्दा उनीसहित तीनजना बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा सन्तोष र एक किशोरी भने अझै भेट्टिएका छैनन् ।
नारायणघाटबाट काठमाडौंका लागि छुटेको जिपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए ।
चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए ।
सम्बन्धित समाचार
सिचाइँ सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी