
घरेलु हिंसाको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्का सहयोगी पनि राजीनामा दिएका छन् । ट्रम्पका स्पीच राइटर (भाषण लेखक) डेविड सोरेन्सनले राजीनामा दिएका हुन् ।
उनीमाथि पूर्व श्रीमतीले शारीरिक तथा मानसिक हिंसा गरेको आरोप लगाएकी छन् । यहि हप्ता ह्वाइट हाउसका दुई कर्मचारीले घरेलु हिंसाको आरोपमा राजीनामा दिएका थिए ।
यसअघि ह्वाइट हाउसका कर्मचारी रोब पोटर्सले राजीनामा दिएका थिए । उनीमाथि उनका दुई पूर्व श्रीमतीले हिंसाको आरोप लगाएका थिए ।