वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड

+
-

भरतपुर – नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।

नेपाल अण्डा उत्पादक संघको १४ औँ साधारणसभा तथा ८ औँ अधिवेशन एवं भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

‘विश्वव्यापिकरणको यो समयमा हामीलाई कतिपय क्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्छ, प्रचण्डले भने, ‘कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने खÞतरा बढ़छ ।’

अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सक्ने बताए । यसका लागि राज्यको चरित्र जनपक्षीय बताए ।

आफूले समृद्द नेपालको सपना देखेको बताऊँद अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताए ।

चुनावमार्फत जनताले यही समृद्दीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषिलगायतका क्षेत्रमा आम किसान, व्यवशायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने दाहालको भनाई छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?