गोपाल पराजुलीको राजीनामा माग्दै गोविन्द केसीले भने, ‘नत्र…’

गोपाल पराजुलीको राजीनामा माग्दै गोविन्द केसीले भने, ‘नत्र…’
+
-

काठमाडौँ- डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्दै फेरि अनशन बस्ने चेतावनी दिएका छन्।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शनिबार पत्रकार सम्मेलन गर्दै केसीले जन्म मिति ढाँटेर पटक पटक नागरिकता लिएकाले छानबिनलाई सहयोग गर्न तत्काल राजीनामा माग गरेका हुन्।

सर्वोच्च अदालतको इजलासबाटै पराजुलीको नागरिकता छानबिनका लागि आदेश भए पनि उनले पदमा बसेर त्यसलाई तुहाउन चलखेल गरिरहेको केसीको आरोप छ।

प्रमाणपत्र नक्कली बनाएर जागिर खाएकाले पराजुलीको नियुक्ति बदर गरी कानुन बमोजित कारबाहीको प्रक्रियामा ल्याउनुपर्ने केसीले बताए। केसीले आफ्ना वकिल सुरन्द्र भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धक्की दिएकाले त्यसको पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन्। धम्कीबारे छानबिन गर्न पराजुलीको मोबाइल फोनको कल डिटेल र आवाजसमेत परीक्षण हुनुपर्ने केसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

आफूले उठाएका माग पूरा नभए कुनै पनि बेला अनशन सुरु गर्ने गोविन्द केसीको चेतावनी छ।

सबै तस्बिरहरु: वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?