११ वर्षमा सकियो ३० मेगावाटको चमेलिया, प्रधानमन्त्रीबाट उद्घाटन

११ वर्षमा सकियो ३० मेगावाटको चमेलिया, प्रधानमन्त्रीबाट उद्घाटन
+
-

धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर बलाँचमा निर्माण भएको चमेलिया जलविद्युत आयोजनाको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

२०६३ साल पुसबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सुरु भएको थियो। चमेलियाको उद्घाटन गर्दै देउवाले प्रदेश नम्बर ७ जलविद्युतको अथाह सम्भावनाको क्षेत्र भएको बताउँदै कर्णाली र महाकालीको विद्युतले मात्रै प्रदेश धनी हुने बताए।

हिउँदयाममा समेत निरन्तर विद्युत उत्पादन गर्ने गरी निर्माण भएको प्रदेशकै ठूलो आयोजनाबाट पहिलो प्राथमिकता दार्चुलाबासीले पाउने प्रधानमन्त्री देउवाले बताए।

चमेलियाबाट वर्षभरी बढी खपत हुने समय अथवा पिक आवरमा समेत विद्युत्त उत्पादन गर्न सकिने प्रविधि जडान भएको छ।

यस्तै ढिलो गरी सम्पन्न भए पनि चमेलिया प्रदेश नम्बर ७ का लागि गौरव गर्न लायकको आयोजना बनेको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले बताए। उनले सरकारले अब सबै क्षेत्रको उर्जा उत्पादनलाई प्राथकिता दिदै अबको पाँच वर्षभित्र सबैको घरमा उज्यालो पुर्‍याउन लाग्ने बताए।

उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झण्डै ८ अर्वको लागत स्टिमेट गरिएको चमेलियाको लागत १५ अर्ब पुगेको बताए।

यस्तै आयोजना स्थल आसपासका बासिन्दाले चारवर्ष देखि गाढिएका पोलमा विद्युत नआएको बताएका छन्। शैल्यशिखर नगरपालिका वडा नम्बर १ का सुरेन्द्रबहादुर तितराको घर अगाडि विद्युतको पोल गाडिएको चार वर्ष भयो तर अहिलेसम्म विद्युत नबलेको उनले बताए।

दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर ७ थालीगाडमा सब स्टेशन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लाबासीले चमेलियाको विद्युत्त उपभोग गर्न पाउने छन्।

नेपाल विद्युत्त प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वरदेखि महाकाली नगरपालिका ७ थालिगाड सम्मको २२ किलोमिटर ३३ केभिको विद्युत्त प्रसारण लाइन निर्माणको काम अहिले चलिरहेको छ।

यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचका स्थानीयले आयोजना निर्माणको क्रममा भत्किएका संरचना पनि निर्माण नगरिदिएको गुनासो गरेका छन्। आयोजना निर्माणको क्रममा खानेपानी आयोजनामा क्षति पुगेको छ। खानेपानी नहुँदा अहिले पनि स्थानीयले टाढाबाट पानी बाकेर खानुपरेको स्थानीय सुरेन्द्र तितराले गुनासो गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?