प्रदेश ५ को सभामुख माओवादीले भोलि टुंग्याउने

प्रदेश ५ को सभामुख माओवादीले भोलि टुंग्याउने
+
-

दाङ– सभामुखको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्र पाँच नम्बर प्रदेश संसदीय दलको बैठक आइतबार बुटवलमा बस्दै छ। बिहान ११ बजे सापकोटा मिस्ठान्न भण्डारको सभाकक्षमा संसदीय दलको बैठक बस्न लागेको हो।

बैठकले सभामुखको नाम टुंगो लगाउने प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले बताए। ‘सभामुखको बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्दैछ,’ उनले भने, ‘आगामी प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गर्नुपर्ने छ, वाम गठवन्धनबाट हाम्रो पार्टीलाई सभामुख परेकाले संसदीय दलको बैठकवाट निर्णयमा पुग्ने छौं।’

फागुन २ गते पाँच नम्बर प्रदेश सभाको बैठक आह्वान गरिएको छ। सोही बैठकले सभामुख चयन गर्ने छ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिको आधारमा एमालेको भागमा मुख्यमन्त्री र माओवादी केन्द्रको भागमा सभामुख परेको छ। एमालेबाट मुख्यमन्त्री शंकर पोखरेल हुने निश्चित छ। तर, माओवादी केन्द्र भित्र सभामुखका लागि दुई जनाको नाम चर्चामा छ।

रुकुम पूर्ववाट प्रदेशसभा सदस्य पूर्णबहादुर घर्ती र गुल्मी जिल्ला वाट प्रदेशसभा सदस्यमा निर्वाचित सुदर्शन बरालको नाममा सभामुखको लागि चर्चामा रहेको माओवादी स्रोतले जनाएको छ । तर, आइतबार बस्ने संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्ने दाबी गरिएको छ।

सम्बन्धित समाचार 

माओवादीले पनि टुंग्यायो प्रदेश सांसदको सूची

माओवादीका नेत्रनाथ प्रदेश ४ को सभामुख बन्ने, मुख्यमन्त्रीको टुंगो आज

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’