प्रदेश नं.२ मा मधेसवादी दलको सरकार बन्ने पक्का, मुख्यमन्त्री फोरमले पाउने

+
-

जनकपुरधाम c– प्रदेश नम्बर २ मा मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रि«य जनता पार्टी नेपालको सरकार बन्ने पक्का भएको छ ।
फोरम र राजपाको भागबण्डा मिलेपछि २ नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने पक्का भएको हो ।

शनिबार भएको छलफलमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबिच पदको बाँडफाँडमा २ नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित ३ वटा मन्त्रालय र उपसभामुख फोरमले पाउने सहमति भएको छ ।

यस्तै सभामुखसहित ३ वटा मन्त्रालय राजपाले पाउने सहमति भएको छ । फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामला तथा कानुन, आर्थिक तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनेछ ।

राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

मुख्यमन्त्री पाउने सहमति गरेको फोरमले मो. लालबाबु राउत गद्दीलाई पहिले नै संसदीय दलको नेता चुनिसकेकाले राउत नै प्रदेश नम्बर २ को मुख्यमन्त्री हुने पक्का भइसकेको छ ।

१ सय ७ जना सांसद रहेको प्रदेश नम्बर २ मा फोरमका २९ र राजपाका २५ सांसद रहेका छन् भने बहुमतको लागि ५४ सिट आवश्यक पर्नेमा दुइ दलको ५४ सिट नै रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?