बेसीशहर चामे सडकमा आजदेखि चार दिन गाडी नचल्ने

+
-

मनाङ – मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आइतबारदेखि चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आइतबार पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो ।

साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहुँदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह–इन्चार्ज नारायण लामाले बताउनुभयो । विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् ।

गत जेठमा सडक डिभिजनसँग दुई करोड पाँच लाख १७ हजार ८६९ मा सम्झौता गरी यही पुसबाट काम सुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ । तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ ।

यस म्यादी खोलाको पुल निर्माणको आगामी २०७५ साल जेठसम्ममा सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको र चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने सहइन्चार्ज लामाले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?