प्रदेश ७मा मानसखण्डको चर्चा, थारु समुदाय मौन

प्रदेश ७मा मानसखण्डको चर्चा, थारु समुदाय मौन
+
-

कैलाली- पहिलो संविधानसभामा राज्य पुर्नसंरचनाका विषयमा रस्साकस्सी चलिरहेका बेला सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिमको माग लिएर आन्दोलन चर्कियो। महिना दिनसम्म बन्द हड्ताल भयो। त्योसँगै कैलाली कञ्चनपुर सहितको अलग्गै थरुहट प्रदेशको माग गर्दै थरुहट आन्दोलन पनि सुरु भयो।

अखण्ड सुदूरपश्चिम र थरुहटको परस्पर मागमा महिनौ दिनसम्म सुदूरपश्चिम ठप्प रह्यो। दुवै समुदायले परस्पर विरोधी आन्दोलन गरे पनि अहिले सुदूरपश्चिमका ९ ओटै जिल्लाको एक प्रदेश बनेको छ। तर कैलाली कञ्चनपुर सहितको अलग्गै थरुहट प्रदेश माग्ने थरुहट पक्षधरको माग पूरा भएको छैन्। यहि बिच अब साविकको सुदूरपश्चिम र अहिलेको ७ नम्बर प्रदेशको नाम के राख्ने भन्ने बिषयमा छलफल, बहस र टिकाटिप्पणीहरु सुरु हुन थालेका छन्।

तत्कालीन समयमा अखण्ड सुदूरपश्चिमको आन्दोलनमा सहयोगी भूमिका खेलेका केहि व्यक्तिहरु अहिले यो प्रदेशको नाम मानसखण्ड हुनुपर्ने भन्दै अभियान चलाईरहेका छन्। तर अलग्गै प्रदेशको माग गरेका थरुहट पक्षधरहरु भने प्रदेशको नामाकरणका सवालमा मौन बसेका छन्।

यो बेला यहाँ रहेका पहाडिया वा थारु दुबै समुदायको पहिचान झल्कीने गरी प्रदेशको नामाकरण कसरी गर्ने भन्ने सवाल प्रदेश सभाका सदस्यहरुका लागि पेचिलो बन्‍न सक्छ। यदि नामाकरणको बिषयमा प्रदेश सभाले सहि निर्णय लिन सकेन भने फेरी अर्को द्धन्द निम्तीने खतरा भएकोले सुजबुझका साथ निर्णय लिनुपर्ने बताउछन, प्राध्यापक देवराज अवस्थी।

कुनै जात वा समुदायलाई मात्रै जोडेर प्रदेशको नामाकरण गरिए समाज फेरी बिभाजनको संघारमा जान सक्ने भएकोले सकभर प्राकृतिक सम्पदाहरुको नाम जोडेर प्रदेशको नामाकरण गरे सबैलाई मान्य हुने कुरा प्रदेश सभा सदस्यहरुले बुझ्न सक्नुपर्ने पन्त बताउछन्। यसका अलावा सुन्दर सुदूरपश्चिम पनि जनजिब्रोमा बसीसकेकोले यसलाई पनि मान्‍न सकिने पनि उनको सुझाव छ।

यता प्रदेश ७ को तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो उपस्थिति रहेकोले नामाङकनमा थारु समुदायको चित्त बुझाउने कुरा पनि छलफलमा उठिरहेको छ। तर थारु समुदायले कैलाली कञ्चनपुरलाई दाङ, बाँके बर्दिया लगायत नवलपरासीसम्म जोडेर पहिचान सहितको अलग्गै प्रदेश हुनुपर्ने मागमा अहिले पनि यथावत राखेको छ।

७ नम्बर प्रदेशको अस्थाई मुकाम नै कैलालीको धनगढीमा तोकिएपछि अब कैलाली कञ्चनपुर प्रदेश ७ बाट तत्काल अलग्गिने सम्भावना कम देखिएको छ। तर थारु समुदायले भने सिमाङकन नै नमानेका बेला नामाङकनका सवालमा आफूहरु मौन रहने बताएका छन्।

‘थारु बाहुल्य जिल्लामा हामीले थरुहट प्रदेश मागेका हौ, हाम्रो त्यो माग पुरा भएको छैन, त्यसैले थारु बाहुल्य जिल्लालाई टुक्राएर बनेको प्रदेशको नामाङकनका बिषयमा हाम्रो कुनै सहमती असहमती हुदैन।’ थरुहट आन्दोलनका एक जना अगुवा माधव थारुले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?