
काठमान्डौं– नामिबियामा जारी आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो तेस्रो खेलमा युएइविरुद्ध भिडिरहेकाे नेपालले एक सय १५ रनकाे लक्ष पाएकाे छ।
टस हारेपछि ब्याटिङकाे निम्ता पाएकाे युएइ ३१ अाेभरमा एक सय १४ रनमा समेटियाे ।
युएइलाइ सस्ताेमा समेट्न साेमपाल कामीले , चार सन्दिप लामिछानेले तीन , पारस खड्काले दुइ र करन केसीले एक विकेट लिए ।
क्राइस म्यान बसन्त रेेग्मीले भने याे खेलमा बलिङ नै गर्नु परेन।
प्राय पहिलाे १० अाेभरपछि बलिङमा अाउने गरेका बसन्तलाइ यस खेलमा कप्तान पारस खड्काले बलिङमा उतारेनन्।
सुरुका १० अाेभरमा फास्ट बलर साेमपाल र करनले पुरा गरेका थिए।
त्यसपछि बलिङमा पारस र अारिफ शेखकाे जाेडी अाएकाे थियाे। १८ अाै अाेभरमा युवा स्पिनर सन्दिपले बलिङ गर्न अाएपछि खेलमा नेपाल हाबी बनेकाे थियाे।
सन्दिपले अाफ्नाे पहिलाे अाेभरमा रन नदिइ दुइ विकेट लिए। उनले २२ अाै अाेभरमा अर्काे विकेट लिए।
त्यसपछि पारसले दुइ र साेमपालले दुइ विकेट लिए। तर बसन्तले एक बल पनि बलिङ गर्नु परेन। पहिलाे खेलमा नामिबियाविरुद्ध नायक बनेका बसन्त किफायती बलिङ गर्ने बलरमा पर्छन। उनी अाइसिसी वल्ड क्रिकेट लिगका सर्वाधिक विकेट लिने बलर हुन।
यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्।
उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमायो ।
सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे। १८ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् ।
उनले अाफ्नाे तेस्राे अाेभरमा साइमान अनवरलाइ ब्यक्तिगत ३० रनमा अाउट गरे। वर्षाका कारण याे खेल ३४ अाेभर प्रति पाली खेलाइकाे छ।