साझा अठोट र प्रतिबद्धताबाट मात्रै मुलुकमा भ्रष्टाचार निर्मूल: राष्ट्रपति

साझा अठोट र प्रतिबद्धताबाट मात्रै मुलुकमा भ्रष्टाचार निर्मूल: राष्ट्रपति
+
-

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गरेकी छिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त सम्मुनत एवं सुसंस्कृति समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परताका र सक्रियता जरुरी रहेको बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्‍ने मैलै विश्वास लिएको छु।’

उनले संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउन र प्रभावकारीरुपमा भ्रष्टाचारको नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले आयोगलाई संवैधानिकरुपमा भ्रष्टाचार नियन्त्रणको दायित्व सुम्पिएको भए पनि यस कार्यमा सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र सहयोगको आवश्यकता औँल्याइन्।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताए।

संविधानले अनुचित कार्यलाई आयोगको कार्यक्षेत्रभित्र नराखेकाले केही जटिलता आएको बताउँदै उनले विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने वक्ततृत्वकला र कविता प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरे।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थित थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?