प्रदेश १ सभामुखमा भण्डारीको नाम आउँदा उषाकला राईको असन्तुष्टि

प्रदेश १ सभामुखमा भण्डारीको नाम आउँदा उषाकला राईको असन्तुष्टि
+
-

काठमाडौँ- एमाले संसदीय दलको आइतबार बसेको बैठकले प्रदेश नम्बर एकको सभामुखमा प्रदीप भण्डारीलाई प्रस्ताव गरेको छ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बसेको एमालेको बैठकमा संसदीय दलको नेता शेरधन राईले धरान निवासी भण्डारीलाई प्रस्ताव गरेका हुन्।

यद्धपि भण्डारीको नाम प्रस्ताव हुने क्रममा खोटाङकी प्रदेशसभासदस्य उषाकला राईले असन्तुष्टि व्यक्त गरेकी छिन्। बैठकपछि राईले सञ्चारकर्मीसमक्ष बैठकमा आफूलाई बोल्न नदिएकोमा आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘आजको बैठकमा मलाई आफ्नो भनाइ राख्न दिइएन, त्यसैगरी सभामुखमा षडयन्त्रपूर्वक मलाई पाखा लगाइएको छ।’

बाम गठबन्धनको भागबण्डा अनुसार एमालेले सभामुख पद र माओवादी केन्द्रले उपसभामुख लिने समझदारी बनाएको थियो। सोही क्रममा खोटाङकी राईले सभामुखमा आफ्नो दाबेदारी गर्दै आएकी थिइन्। राई २०६४ सालमा एमालेबाट समानुपातिक सभासद रहिसकेकी छिन्।

अर्कोतर्फ, सभामुख पदका लागि संसद सचिवालयमा भण्डारीको नाम एक्लो रुपमा प्रस्तावमा परेको छ। यसका कारण सोमबार बस्ने प्रदेश सभाको दोश्रो बैठकले भण्डारीलाई सभामुखमा चयन गर्ने सचिवालयले जनाएको छ। धरान एमाले इन्चार्ज भण्डारी करिब ३७ वर्ष स्थानीय शिक्षा सदनमा शिक्षण पेशामा आवद्ध थिए। उनी दुई वर्षअघि उक्त पेशाबाट अलग्गिएका हुन्।

माधवकुमार नेपाल पक्षधर मानिएका भण्डारीको नाम प्रस्ताव गर्ने क्रममा अध्यक्ष केपी ओली पक्षधरबाट भएको थियो।

एमाले प्रदेश एकका संयोजक भीम आचार्य पक्षबाट गणेश काम्बाङ र उषाकला राईलाई सभामुखमा प्रस्ताव गर्न लबिङ गरेका थिए।

त्यसैगरी बैठकपछि जीवन घिमिरे, जगदीश कुशैयत लगायतले सभामुखमा अनिच्छा ब्यक्त गरेका थिए।

बैठकपछि, बाहिरिएका एक नेताका अनुसार, मुख्यमन्त्री तथा सभामुख दुवैमा आदिवासीलाई राख्नु उपर्युक्त नहुने बहसपछि भण्डारीको नाममा सहमति जुटेको हो।

त्यसैगरी सभामुखका लागि सोमबार दिउँसो १ बजे चयन गर्ने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?