
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग १–० ले पराजित भयो ।
यो सिजन लिगमा पाँचौँ हार बेहोरेको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड हारसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछि परेको छ । ६५ औँ मिनेटमा म्याट रिचीले गरेको गोलले न्युक्यासललाई जितायो ।
खेलपछि प्रशिक्षक मोरिन्होले १० घण्टा खेलको भए पनि आफ्नो टिमबाट गोल नहुने बताए । म्यानचेस्टर युनाइटेडले अवे मैदानमा भएको खेलमा १३ पटक पोस्ट प्रहार गरेको थियो । त्यसमा ६ पटक गोल गर्ने राम्रो अवसर थियो । तर गोल हुन सकेन ।
खेलपछि मोरिन्होले भने ‘फुटबलको भगवान उनीहरुको पक्षमा थिए । जति खेलेको भएप पनि हाम्रा लागि वा हाम्रो पक्षमा केही हुनेवाला नै थिएन ।’
घरेलु मैदानमा जित्न न्युक्यासलका खेलाडीले सबै शक्ति लगाएर खेलेको मोरिन्होको भनाई छ । उनले भने ‘हामी सायद १० घण्टा खेलेको भए पनि गोल गर्ने सक्ने थिएनौँ ।’