
संजय लीला भंसालीको विवादास्पद चलचित्र पद्यावतको यात्रालाई अक्षय कुमारको प्याडम्यानले रोक्न सकेन । पद्यावत प्रदर्शनमा आएको तीन हप्ता भएको छ । तर बक्स अफिसमा यसको प्रदर्शन अहिले पनि आशा गरिए भन्दा राम्रो रहेको छ ।
गएको हप्ता प्रदर्शनमा आएको प्याडम्यानले भन्दा पद्यावतले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । पद्यावतले आइतबरसम्ममा २५० करोड भारतीय रुपैयाँको कारोबार गरेको ट्रेड एनालिस्ट रमेश बालाले बताएका छन् ।
अभिनेत्री दीपिका पादुकोणको करिअरमा पद्यावत धरै कमाई गर्ने चलचित्र भएको छ । रानी पद्यामावतीको जीवनमाथि बनाइएको चलचित्रमा दीपिकासँगै शाहीद कपूर र रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रले प्रदर्शनमा आउनका लागि निकै संघर्ष गर्नु परे पनि कमाईका लागि भने संघर्ष गर्नु परेको छैन । प्याडम्यानले शुक्रबार र शनिबार गरी झण्डै २४ करोड कमाई गरेको छ ।