आँखाले कुरा गर्ने प्रिया, ‘नेशनल क्रश अफ इन्डिया’

आँखाले कुरा गर्ने प्रिया, ‘नेशनल क्रश अफ इन्डिया’
+
-

हुन त प्रेमका लागि विशेष कुनै समय हुँदैन । प्रेम सदावहार, सजीव । तर प्रमे गर्नेहरुले फेब्रुअरी १४ लाई प्रेमको उत्सवको रुपमा मनाउने गर्छन् ।

यो वर्षको प्रेमीहरुको उत्सव आउन अब केही दिन होइन केही घण्टा मात्रै बाँकी छ । यहि बिचमा भारतमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।

धेरैले यसलाई शेयर पनि गरेका छन् । यो भिडियोले धेरैलाई स्कुले जीवनको प्रेमको सम्झना गराएको छ । अतितको सम्झनाको झ्याल खोलेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक स्कुले छात्रा र छात्रले आँखाको इसारामा आफ्नो मनको कुरा बोलिरहेका छन् । यो भिडियो गीतको सानो अंश हो । भिडियोमा देखिएकी छात्रा मलायालम अभिनेत्री प्रिया प्रकाश वारिया हुन् ।

Thank you for all the love and support?

A post shared by priya prakash varrier (@priya.p.varrier) on

प्रियाको तस्बिर मानिसहरुले फेसबुक, ट्वीटर र वाट्सऐपसहितका समाजिक सञ्जालमा शेयर गरेका छन् । अनि क्याप्सनमा कोहीले आफू बलियो मनको भए पनि पग्लिएको बताएका छन् । केहीले आफू कमलो मनको रहेको र झन पग्लिएको उल्लेख गरेका छन् ।

यो भिडियो मलयालम चलचित्र ओरु अदार लवको गीतको एक अंश हो । यो चलचित्रले स्कुलमा हुने प्रेमको कथालाई समेटेको छ ।

चलचित्र यो वर्ष प्रदर्शनमा आउने छ । चलचित्रका निर्देशक उमर लुलु हुन् । संगीत शान रहमानले दिएका छन् ।

यो चलचित्रका धेरै कलाकार नयाँ छन् । प्रिया प्रकाश रहेको भिडियोको अंश ‘मानिक्या पूवी’ गीतको हो । भिडियोमा प्रियासँगै देखिएका छात्र कलाकार रोशन अब्दुल रहूफ हुन् ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि धेरैले प्रियाको तारिफ गरे । त्यसपछि उनले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै मायाका लागि सबैलाई धन्यवाद पनि दिएकी छन् ।

प्रिया भारतको केरल राज्यकी बासिन्दा हुन् र उनी अहिले स्नातक तहमा अध्ययनरत छिन् ।

स्रोत : बिबिसी हिन्दी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?