
अमेरिकामा परमाणु आक्रमणको खतरा आएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहाँ लगिन्छ ?
पूर्व अमेरिकी राष्ट्रपति ट्रूमेनदेखि ट्रम्पसम्म सबैका लागि परमाणु आक्रमणको खतरा रहेको अवस्थामा सुरक्षित राख्नका लागि बंकर बनाइएको छ ।
कहाँ छन् बंकर ?
परमाणु आक्रमणको खतरा आएलगत्तै राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा लगिन्छ । ट्रम्पलाई यस्तो अवस्थामा सुरक्षित राख्नका लागि बनाइएका बंकर मध्ये एउटा ह्वाइट हाउसको तल्लो भागमा पनि छ । यो बंकर सन् १९५० मा बनाइएको हो ।
यस्तै दोस्रो बंकर भर्जिनियाको ब्लु रिज माउन्टेनको वेदर क्षेत्रमा बनाइएको छ । अमेरिकी नौसेनाले पिनट आइल्याण्ड नाम गरेको एक बंकर तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको सुरक्षाका लागि बनाएको थियो ।
यो बंकर फ्लोरिडाको पाम बीच हाउसको नजिक रहेको छ, जहाँ केनेडी प्रायः जाने गर्थे । बाम बीच हाउस र बंकरबिचको दूरी मात्रै १० मिनेटमा पूरा गर्न सकिने छ । यो बंकरलाई डिटेमेन्ट होटल पनि भन्ने गरिन्थ्यो । यो बंकर बनाउन ९७ हजार अमेरिकी डलर खर्च भएको थियो ।
राष्ट्रपति ट्रम्प आफैले पनि एउटा बंकर बनाएका छन् । यो बंकर फ्लोरिडाको रहेको छ । उनको निजी जमिनमा रहेको बंकरको नाम मार–ए–लागो हो ।
बंकरमा को को जान पाउँछन् ?
अमेरिकामा राष्ट्रपतिका लागि भनेर तीनवटा बंकर बनाइएको छ । यी बंकर पीनट आइल्याण्ड, ह्वाइट हाउस र माउन्ट वेदरमा रहेका छन् ।
पीनट आइल्याण्डमा रहेको बंकरमा राष्ट्रपतिसँगै उनका सहयोगी र सचिव जान पाउँछन् । यो बंकरमा कुल ३० जना जान सक्छन् ।
सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणको हुँदा ह्वाइट हाउसको बंकरमा तैनाथ रहेका रोबर्ट डार्लिङ्गका अनुसार, बंकरमा राष्ट्रपतिसहित उच्च अधिकारीलाई लैजाने व्यवस्था रहेको बताए ।
यस्तै कांग्रेसका सदस्यका लागि भर्जिनियाको पश्चिमी क्षेत्रमा रहेको ह्वाइट सल्फर स्प्रिङ्ग्सको नजिक ग्रीनब्रायर रिसोटमा एउटा बंकर छ । यो बंकरको नाम प्रोजेक्ट ग्रीक आइल्याण्ड हो । तर सन् १९९२ देखि यसको प्रयोग हुन छोडेको छ ।
यस्ता बंकरलाई लक्षित गरी आक्रमण नभएसम्म त्यहाँ रहेका मासिन सुरक्षित रहन्छन् ।
– स्रोत : बिबिसी