दीप बस्न्यात अख्तियारबाट बाहिरिए, अब प्रमुख अायुक्त को?

दीप बस्न्यात अख्तियारबाट बाहिरिए, अब प्रमुख अायुक्त को?
+
-

काठमाडौं- उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात सेवा निवृत्त भएका  छन्। संविधानले अख्तियार प्रमुखका लागि ६५ वर्षको उमेर हद तोकेको छ।

फागुन १ गते सार्वजनिक बिदा परेपछि बस्न्यात सोमबार नै अख्तियारबाट बिदाइ भएका हुन्।

२०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका बस्न्यातले २०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समालेका थिए।

सर्वोच्च अदालतले कार्कीको नियुक्ति नै बदर गरे पछि सरकार उनलाई प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। उनले गत जेठ ८ गतेबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए।

बस्न्यातको अवकाशपछि बरिष्ठ आयुक्त नवीनकुमार घिमिरेले कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समाल्ने बुझिएको छ।

पूर्व सचिव घिमिरे पनि २०७१ फागुन १५ देखि नै अख्तियारको आयुक्त छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?