प्रदेश एकको सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

प्रदेश एकको सभामुखमा भण्डारी निर्विरोध निर्वाचित
+
-

मोरङ- प्रदेश नम्बर एकको सभामुखमा सुनसरी धरान निवासी प्रदीप कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन्। विराटनगरको देवकोटा चौकस्थित संसद भवनमा सोमबार बसेको पहिलो चरणको बैठकमा ६२ वर्षीय भण्डारीलाई सभामुखमा निर्विरोध चयन गरिएको हो।

सभामुख भण्डारीका लागि संखुवासभाको २ बाट निर्वाचित तुलसी न्यौपानेले प्रस्वात गरेका थिए। एकल रुपमा टेबल भएको उक्त प्रस्तावमा तेह्रथुपका सांसद लक्ष्मण तिवारीले समर्थन गरेका थिए।

बैठकका क्रममा जेष्ठ सभामुख ओमप्र्रकाश सरावगीले भण्डारीलाई बधाई तथा शुभकामना दिए। त्यसपछि सभामुख सरावगीले अपरान्ह ४ बजेको लागि अर्को बैठक डाकेछन्।

बैठकपछि आजै सभामुख भण्डारीलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। त्यसपछि, नवनियुक्त भण्डारीको पदवहाली गराउने संसद सचिवालयले जनाएको छ।

प्रदेश नम्बर एकको दोश्रो बैठक सोमबार आज विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकले सभामुखको चयन गर्ने संसदीय सचिवालयले जनाएको छ।

संविधानको धारार १८२ को उपधारा १ अनुसार प्रदेश सभाको पहिलो बैठक भएको मितिबाट १५ दिनभित्र सभामुख र उप-सभामुखको निर्वाचन गरिसक्नु पर्ने प्रावधान रहेको छ।

सम्बन्धित समाचार 

३ नम्बर प्रदेशको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?