प्रदेश २ मा सभामुखको चुनाव फागुन २ गते

+
-

जनकपुरधाम- प्रदेश नम्बर २ को प्रदेशसभाको दोस्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ। सभामुखको निर्वाचन फागुन २ गते गर्ने गर्ने निर्णय गरिएको छ। उपसभामुखको निर्वाचन फागुन ४ गते हुने छ।

सभामुखको निर्वाचनको लागि सोमबार कार्यतालिका सार्वजनिक गर्ने तथा आगामी फागुन २ गते सभामुखको निर्वाचन हुने निर्णय गरिएको छ। यसैगरी सभामुखको चयनपछि उपसभामुखको कार्यतालिका सार्वजनिक गरिने छ।

फागुन ४ गते मनोनयन दर्ता र निर्वाचन गर्ने निर्णय गरिएको राष्ट्रिय जनता पार्टी नेपालका सांसद परमेश्वर साहले जानकारी दिएका छन्।

नियमावली मस्यौदा समिति गठन

नेपालको संविधान २०७४ को धारा १९४ बमोजिम प्रदेशसभाले आफना्े कार्य सञ्चालन गर्न तथा बैठकको सु–व्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कारवाही नियमित गर्न प्रदेशसभा नियमावली २०७४ समेतको मस्यौदा गरी लागू गर्न ११ सदस्यीय समिति गठन गरेको छ।

समितिको सदस्यहरुमा रामअशिष यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डा. डिम्पलकुमारी झा, रमेशप्रसाद कुर्मी, सुन्दरबहादुर विश्कर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलीपकुमार साह, सावित्रीदेवी साह, शेष अबलु कलाम अजाद छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?