सीमा नाकाबाट पाँच जना अपहरणकारी पक्राउ

सीमा नाकाबाट पाँच जना अपहरणकारी पक्राउ
+
-

काठमाडौ- खुल्ला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट बन्धक बनाएर मोरङ ल्याएका चार जना भारतीय नागरिकलाई प्रहरी कार्यालय मोरङले अपहरणकर्ताबाट छुटाउन सफल भएको छ।

चलचित्रको दृष्य झैं गत बुधबार माघ २४ गते भारतको विहारस्थित खगडियाबाट ६ जनालाई भारतीय अपराधीले अपहरण गरेका थिए। अपहरणकारीले भारतबाट विराटनगर जोगबनी नाका हुुँदै अपहरित सबैलाई मोरङको सुन्दरहरैंचा नगरपालिका लुकाइछिपाइ राखेका थिए।

यसक्रममा उनीहरुले नेपालका पाच जनालाई फिरौती रकम माग गर्न अपहरणमा परेका सबैलाई बुझाएका थिए। प्रहरीले हात पारेको सफलतासंगै अपहरण कार्यमा संलग्न भएको आरोपमा सुनसरी, मोरङ निवासी ५ जनालाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बीसीका अनुसार, अपहरणकार्यमा सुन्दरहरैंचा नगरपालिकाका टीकाराम चौधरी, ठाकुर गुरुङ, नवराज गौतम रहेकाछन भने, सुनसरी इनरुवाका नारायण साह, मधुकर साहलाई अपहरण गरेको सन्दर्भमा पक्राउ गरेको हो।

भारतको फारविसगञ्ज निवासी बालेश्वर साहले नेपालमा रहेको आफ्नो घरमा पुजाको बाहना बनाउदै खगडियाको बेन्दोर जिल्लाका राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्धु तिवारी, र रञ्जित कुमारलाई राती ८ बजे जोगबनी नाका हुँदै नेपाल भित्राएको प्रहरीको भनाइछ।

बुधबार राति नै सुन्दरहरैंचा पुगेको अपहरणकारीको टोलीले त्यहा टीकाराम, ठाकुर, नवराजसंगै सुनसरीका नारायण र मधुकर साहलाई फिरौती रकम माग्ने कामसहित जिम्मा लगाएको थियो। अपहरणकारीले उनीहरुलाई स्थानीय मोनालिसा होटलमा बन्धक बनाएर राखेका थिए। यसपछि बालेश्वरसहित नेपाली समूहले प्रत्येक अपहरणकारीबाट एक लाख भारतीय रुपैया फिरौती रकम माग गरे।

अपहरणकारीले बन्धक बनाइएकाहरुलाई विभिन्न स्थानमा स्थानान्तरण गर्दै गएका थिए। यसबीच, अपहरणकारीले रञ्जित कुमारलाई १ लाख भारतीय रुपैया फिरौती लिएर छाडेको पनि प्रहरी प्रमुख बीसीले जानकारी दिए।  फिरौती रकमको विषयसँगै बिहीबार अपरान्ह अपहरणमा परेका मध्ये राजकिशोर होटलबाट भाग्न सफल भए। भाग्ने क्रममा उनले भारतीय प्रहरी र नेपाल प्रहरीलाई खबर गरेका थिए।

अपहरणमा परेका मध्ये अखिलेश साहले भने, ‘बन्धक बनाउने क्रममा उनीहरुमाथि शारीरिक तथा मानसिक यातना दिइएको थियो। प्रहरीले शनिबार राती अपहरणकार्यमा संलग्न नवराज गौतमको घरमा छापा मार्दै बन्धक बनाएका सबैलाई रिहा गरेको थियो। यसक्रममा प्रहरीले पाचै जना अपहरणकारीलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुबाट ५० हजार भारतीय रुपैया, ५ थान मोबाइल सेट र एउटा मोटरसाइकलपनि बरामद गरेकोछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?