व्यावसायिक बन्दै पाल्पाको छुर्पी

व्यावसायिक बन्दै पाल्पाको छुर्पी
+
-

पाल्पा- पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ ।

पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आएपनि पछिल्ला वर्ष यहाँ उत्पादित छुर्पीले पाल्पाली पहिचान बनाउन सफल बनेको छ । पाल्पामा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय, पाल्पाका प्रमुख डा प्रदीप शर्माका अनुसार जिल्ला सदरमुकाम तानसेनमा रहेका श्रीनगर दुग्ध डेरी र गोरस घरमा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिन्छ । प्रशस्त दूध उत्पादन हुन थालेपछि पाल्पामा ठूलो मात्रामा छुर्पी उत्पादन गर्नाले दूधको खपत बढेको हो ।

किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको छ ।

व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेपछि दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएका छन् । वार्षिक रु ४५ लाखको छुर्पी पाल्पा बाहिर निर्यात हँुदै आएको छ । हाल रु एक करोड ४० लाखको छुर्पी अझै स्टकमा रहेको श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमकान्त न्यौपानेले बताए।

छुर्पीको लौरालाई रु ८०० र काटेको छुर्पीलाई रु ९०० प्रतिकिलोमा बिक्री गर्न बाध्य भएको डेरीका सञ्चालन रोमकान्त न्यौपानेले बताउनुभयो । इलामको फिक्कलमा करिब एक महिना छुर्पी बनाउने तरिका सिकेर आएपछि दैनिक दुई हजार १०० लिटरभन्दा बढी दूधको छर्पी उत्पादन हुँदै आएको उनको भनाइ छ ।

पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ उत्पादित पाल्पाली छुर्पी स्याङ्जा, पोखरा, बागलुङ, काठमाडाँै, रुपन्देही, नवलपरासी र नारायणघाटमा खपत हुँदै आएको छ ।

जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेको कार्यालयका प्रमुख डा प्रदीप शर्माले बताए। पाल्पामा उत्पादित सात मेट्रिक टन छुर्पी जिल्ला बाहिर खपत हुँदै आएको शर्माले बताए।

जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेसँगै २० जनाभन्दा बढीले डेरीमा नै रोजगार पाउन सफल भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?