भक्तपुरमा बाघको आक्रमण, पसल गएका बालक घर फर्केनन्

+
-

भक्तपुर – भक्तपुरमा सूर्यविनायकमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–७, गुण्डू पानीट्याङ्कीमा बाघको आक्रमणबाट गुण्डू खहरेका सुनिल तामाङका ६ वर्षका छोरा सिरिश तामाङको बाघको आक्रमणबाट ज्यान गएको हो।

उनलाई सोमबार बेलुका पसलबाट घर फर्कने क्रममा बाघले आक्रमण गरी जङ्गलमा लगेर खाएको प्रहरीले जानकारी दिएको छ ।

पसल गएका बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

जङ्गलमा बालक खोज्न जाँदा बालकलाई बाघले खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाई छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?