प्रदेश नं. ५ : पूर्णबहादुर घर्ती सभामुख बन्ने निश्चित

प्रदेश नं. ५ : पूर्णबहादुर घर्ती सभामुख बन्ने निश्चित
+
-

दाङ – प्रदेश नम्बर ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा संसद सचिवालयमा मंगलबार वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता भएको हो ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो । संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ । ८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् । संसदको तेश्रो शक्ति कांग्रेस र अरु दलहरुले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेस सांसद वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । ‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन ।’

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताए । उनले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सबै दलहरुलाई एकैसाथ लिएर अघि बढ्ने उल्लेख गरे ।

सम्बन्धित समाचार 

प्रदेश ५ को सभामुखमा घर्तीको एकल उम्मेदवारी, निर्विरोध हुने निश्‍चित

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’