च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको शानदार जित

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको शानदार जित
+
-

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा मंगलबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्वीस फुटबल क्लब एफसी बासेललाई ४–० ले हराएको हो ।

इंग्लिस प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि होडमा आफूलाई बलियो रुपमा उभ्याएको म्यानचेस्टर सिटीले बासेललाई उसकै मैदानमा स्तब्ध पारेको हो ।

म्यानचेस्टर सिटीको जितमा एलकेयी गुण्डोगानले दुई तथा बेर्नार्डो सिल्भा र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो ।

१४ औँ मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । २३ औँ मिनेटमा अग्युरोले गोल गरेपछि गार्डिवलाको टिमले पहिलो हाफमा ३–० को अग्रता लियो ।

यस्तै ५३ औँ मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो लेगमा ४–० को शानदार जित दिलाए । यो खेलमा एक गोल गरेका सर्जियो अग्युरोले सिटीबाट सिजनको २९ औँ तथा समग्रमा १९८ औँ गोल छन् । दोस्रो लेग आउँदो मार्च ७ मा सिटीको मैदानमा हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?