काठमाडौं – न्याय परिषदको बैठक बुधबार बिहान १० बजे बस्दैछ । विवादका बिच प्रधानन्यायाधीश गोपाल पर्जुली र कानुनमन्त्री यज्ञबहादुर थापाको जोडबलमा सर्वोच्चमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ जना न्यायाधीश सिफारिस गर्ने तयारी छ ।
न्याय परिषदका वरिष्ठतम सदस्य तथा न्यायाधीश दीपकराज जोशी बिदामा भएकाले उनी बैठकमा उपस्थित हुने छैनन् । तर पनि बहुमतको आधार न्यायाधीश सिफारिस गर्ने तयारी छ ।
न्यायाधीश सिफारिस गर्ने तयारीप्रति एमाले निकट कानुन व्यवसायीको चर्को अष्न्तुटी छ । तर पनि परिषदले बुधबारकै बैठकबाट न्यायाधीश सिफारिस गर्ने बुझिएको छ ।