प्रधानमन्त्री देउवाले आज राजीनामा दिँदै

प्रधानमन्त्री देउवाले आज राजीनामा दिँदै
+
-

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । दिउँसो तीन बजे मन्त्रीपरिषदको बैठक बस्ने र त्यसपछि प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।

कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार मन्त्रीपरिषद बैठकमा यसबारेमा छलफल हुने र निर्णय लिइने सम्भावना रहेको देश सञ्चारलाई जनाकारी दिए । उनले भने ‘दिउँसो तीन बजे क्याबिनेट बस्दैछ । हामी छलफलमा छौँ । राजीनामाको निर्णय हुन सक्छ ।’

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । यो प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले बुधबार नै राजीनामा दिने तयारी गरेका हुन् ।

देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो ।

देउवाले आफ्नो नेतृत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराए । निर्वाचनमा उनको पार्टी नेपाली कांग्रेसले नराम्रो हार बेहोरेको थियो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?