नवराज सिलवाल प्रकरण : प्रहरीले रायसहितको प्रतिवेदन बुझायो

नवराज सिलवाल प्रकरण : प्रहरीले रायसहितको प्रतिवेदन बुझायो
+
-

काठमाडौं – पूर्व डिआइजी नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।

अनुसन्धानका लागि तोकिएको प्रहरीको टोलीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । बुधबार बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयका प्रमुख सूर्यराज दाहालले जानकारी दिए ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन भइरहेको प्रमुख दाहालले जानकारी दिए । प्रतिवेदन अध्ययन गरेर मात्रै मुद्दा दर्ता गर्न पर्ने या नपर्ने निर्णय गरिने उनले बताए । सरकारी वकिलको कार्यालयले प्रतिवेदनअनुसार मुद्दा दर्ता गर्नुपर्ने देखिएमा मात्र सिलवालको फाइल मुद्दाका लागि अगाडि बढाउने छ ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दाबीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो । सर्वोच्व अदालतको फैसला अनुसार नै प्रहरीले गएको पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता गरेदेखि सिलवाल प्रहरीको खोजी सूचिमा छन् । प्रहरीले डिफ्युजन नोटिस नै जारी गरी सिलवाललाई खोजी गरिरहे पनि उनी अहिले पनि फरार छन् ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसिलवालले आफूले विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा आधारित भएर कासमु फाइल बुझाएको बताउने गरेका छन् ।

सम्बन्धित समाचार 

पुर्व डीअाइजी सिलवालविरुद्ध डिफ्युजन नाेटिस

के छ सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्रमा?

सा‌ंसद सिलवाललाई बयानका लागि बोलाइयो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?