
जनकपुरधाम – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मो. लालबाबु राउत गद्दी नियुक्त भएका छन् ।
संघीय समाजवादी फोरम नेपालको प्रदेशसभा संसदीय दलका नेता मो. राउतलाई २ नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल कायश्थले मुख्यमन्त्री नियुक्त गरेका हुन् । बुधबार प्रदेश प्रमुख कायस्थले मो. राउतलाई मुख्यमन्त्री पत्र नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको शपथ बिहीबार हुनेछ । संघीय समाजवादी फोरमले राजपाको समर्थनमा प्रदेश २ को मुख्यमन्त्री राउतलाई नियुक्त गर्न बहुमतको दाबीसहित मंगलबार प्रदेश प्रमुखकलाई पत्र बुझाएका थिए ।
सम्बन्धित समाचार