
अ
+
अ
अ
-
काठमाडौं-दुई बामबीच पार्टी एकता संयोजन समिति बैठक बस्नुअघि बुधबार दिउँसो ललितपुरमा एमाले स्थायी समितिको बैठक चलिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको ६ बुँदे सहमतिलाई एमाले स्थायी समितिले अनुमोदन गरेपछि एकता संयोजन समितिको बैठक बस्नेछ। बुधबार नै पार्टी एकता टुंग्याउने गरी काम भइरहेको एक एमाले नेताले बताए।
बिहान माओवादीको शीर्ष बैठकले पार्टी एकताका लागि दुई अध्यक्षबीच भएको ६ बुँदे सहमति पारित गरेको थियो।

स्थायी समिति बैठकमा सहभागी हुन आइपुगेका एमाले नेता भीम रावल। तस्बिर: दीपा दाहाल