सन्दीपले लिए दाेस्राे विकेट, क्यानडाकाे ६७ रनमा तीन विकेट

+
-

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत अाफ्नाे पाँचौं तथा अन्तिम खेलमा नेपाल अहिले क्यानडासँग भिडिरहेकाे छ। टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध क्यानडाले १८ अाेभरमा ३ विकेट गुमाएर ६७ रन जाेडेकाे छ। क्यानडाले ४६ रन जाेड्दा बसन्त रेग्मीले आफ्नाे पहिलाे अाेभरकाे दाेस्राे बलमा विकेट लिएका हुन् । रुविन्द् गुनसेकेरा नाै रनमा अाउट भए।

क्यानडाले ५७ रन जाेड्दा सन्दिप लामिछानेले कप्तान नितिस कुमारलाई पाँच रनमा अाउट गरे । सन्दीपकाे याे दाेस्राे अाेभर थियाे। क्यानडाले ६७ रन जाेड्दा सन्दिपले पाथिरानालाई दुई रनमा अाउट गरे। सन्दिपकाे याे चौथाे अाेभर थियाे। सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्।

विश्वकप छनौट खेल्न नेपालले बुधबार क्यानडालाई हराउनै पर्ने छ। ६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अ‌ंकसहित तेस्राे स्थानमा छ। क्यानडा र नामिबियाकाे पनि समान ६ अ‌ंक भएपनि नेटरनरेटमा दुवै टाेली नेपालभन्दा अगाडि छन्। अर्काे खेलमा नामिबियाले यूएईकाे सामना गरिरहेकाे छ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् ।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले तेस्राे खेलमा यूएईलाई चार विकेट र चौथाे खेलमा केन्यालाई तीन विकेटले हराएकाे थियाे। सुरुका तीन खेल जितेकाे क्यानडा चौथाे खेलमा नामिबियासँग पराजित भएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?