राजधानीका लागि वीरगञ्ज उपयुक्त छ: प्रदेश २ का मुख्यमन्त्री राउत

राजधानीका लागि वीरगञ्ज उपयुक्त छ: प्रदेश २ का मुख्यमन्त्री राउत
+
-

जनकपुरधाम- प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले २ नं. प्रदेशलाई विकास र समृद्धितर्फ डोर्‍याउन सबै दल मिलेर जानुपर्ने बताएका छन्। प्रदेशको स्थायी राजधानी नतोकिएकाले अहिले जनकपुरलाई नै राजधानीको रुपमा स्वीकार गर्दै यहीँबाट सम्पूर्ण कामकाज हुने उनले बताए। ‘तर, जनकपुर नै स्थायी राजधानी हुन्छ भन्ने पनि होइन,’ राउतले भने, ‘आर्थिक दृष्टिकोणले वीरगञ्ज पनि राजधानीका लागि उत्तम छ।’

प्रदेश २ को मुख्यमन्त्री मो. लालबाबु राउतसँग देशसञ्चारकी प्रतिभा झाले गरेको कुराकानी:

आर्थिक वृद्धिको हिसाबले यो प्रदेश खासगरी राजधानी मानिएको जनकपुर एकदम पछाडि परेको ठाउँ हो। यस्तो अवस्थामा मुख्यमन्त्रीको नाताले यहाँको कामकाजलाई कसरी अगाडी बढाउनुहुन्छ?

अहिले अस्थायी राजधानी मात्र तोकिएको छ। जनकपुर अस्थायी राजधानीमात्र हो, स्थायी राजधानीको लागि संविधानमै व्यवस्था छ। संविधान अनुसार प्रदेशसभाका सदस्यहरुले स्थायी राजधानी कहाँ बनाउने त्यो निर्णय गर्ने हो। अहिले नै जनकपुर राजधानी भइसकेको छ, भन्ने अवस्था छैन। रह्यो कामकाजको विषय। कामकाज जहाँबाट पनि शुरु गर्न सकिन्छ। तर के गर्ने कसरी गर्ने, योजना अहिले नै बनिसकेको छैन। बैठक बसेलगतै यस विषयमा हामी छलफल गर्नेछौँ।

मुख्यमन्त्री भइसकेपछि बस्ने बैठकमा मन्त्रिमण्डलको सम्भावित निर्णय तथा योजनाहरु के के हुन सक्छन्?
अहिले दुई दलको सरकार गठन हुने हो। सम्भावित निर्णय त सबभन्दा पहिले हामी शहीदको सम्मानबाट शुरु गर्नेछौँ। जसको बलले आज मुलुकमा संघीयता आएको छ, हामीले पहिचान पाएका छौँ र आफ्नो प्रदेश पाएका छौँ। त्यसैले मलाई के लाग्छ भने सबैभन्दा पहिले शहीदको सम्मान गर्नुपर्छ।

आन्दोलनमा शहादत दिएकाहरुको बलले आज देशले संघीयता पायो, त्यसैले शहीदहरुको पारिवारिक विषयवस्तुसँगै विकास र समृद्धिको एजेण्डामा ध्यान दिइनेछ।

प्रदेश २ लाई आर्थिक समृद्धितर्फ लग्ने मुख्य एजेण्डा के के हुनसक्छ?

मुख्य एजेण्डा भनेको विकास र सुशासनको हुनेेछ। पहिले त यहाँ रहेको अनियमितता, छाडापन, त्यसलाई नियन्त्रण गर्दै अगाडि बढ्नुपर्छ। २ नम्बर प्रदेश कसरी समृद्ध हुन सक्छ, अन्य प्रदेशहरुको लागि नमूना प्रदेशको रुपमा कसरी विकसित हुन सक्छ? त्यसका लागि सबैले मिलेर प्रयास गर्नुपर्छ।

यहाँ काम गर्ने अवसर तथा चुनौतीहरु के–के देख्नु हुन्छ ?

चुनौतीहरु धेरै भएकाले त्यसको सामनाका लागि नै प्रदेश बनाएर अगाडी बढ्न खोजेका छौँ। आफ्नो गाउँठाउँलाई कसरी अगाडि बढाउने त्यसैको लागी संघीयतामा गएका हौँ। मधेशसँग विभेद नभएको भए, मानवीय विकास सूचाङ्कमा पछि नपरेको भए आन्दोलन हुने थिएन। राज्यबाट विभेद भएकोले मधेशको आर्थिक विकासमा जर्जरता देखिएको छ। यसको आर्थिक वृद्धि तथा विकास कर्णालीभन्दा पनि पछि रहेको कारण अब यसलाई उकास्ने नै चुनौती हो। जहाँ जसको शासन हुन्छ, बहुमत हुन्छ, त्यहाँ काम गर्ने नै चुनौती हो र यही नै अवसर पनि!

वीरगञ्जको आन्दोलनको समाधान कसरी हुन्छ ?
अहिले राजधानी बन्ने क्रममा छ, आन्दोलन हुनु स्वभाविक छ। वीरगंज प्रदेशको ८ वटै जिल्लाको महानगरपालिका हो । अन्य जिल्ला भन्दावीरगञ्जमा पूर्वाधार बढी छ। त्यसैले वीरगञ्जवासीले राजधानीको आंकाक्षा गर्नु अस्वभाविक हो भन्न मिल्दैन । तथापि यसको निर्णय संवधानले गर्ने हो । अहिले जनकपुर राजधानी हो भन्नु उचित हुदैन। बारा पर्सालाई मिलाएर पनि वीरंगजलाई राजधानी बनाए हुन्छ। यो प्रावधान अनुसार नै निर्णय हुन्छ। अहिले त ३ वटै मुख्य दलको सरकार छ, कांग्रेसले राजधानी भन्न लगाएको हो नि, प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ र उहाँकै सरकार छ। हामी अहिले सरकारमा छैनौँ, हामी सरकारमा गएपछि निर्णय गर्छौँ। मुख्य कुरा यो मुलुकमा संविधान छ र संविधान अनुसार सबै जानुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?