इजिप्टमा जेल सजायको विरोध

+
-

कायरो-इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ ।

यहाँका मानवअधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् । इजिप्टको एक अदालतले केही हप्तामात्र अघि उनीहरुलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

इस्लाम केन्द्रीत एक विश्वविद्यालयका ती विद्यार्थीलाई सुनाइएको यो फैसला राजनीतिक आस्थाका आधारमा गरिएको भन्दै त्यसको विरोध गरिएको हो ।

इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएअनुसार उक्त विश्वविद्यालय इजिप्टका अपदस्थ पूर्व इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित छ । त्यसैले वर्तमान सरकारले उक्त विश्वविद्यालयलाई प्रतिबन्ध लगाएको थियो ।

ती विद्यार्थीहरुले उक्त प्रतिबन्धित विश्वविद्यालयबाट मोर्सीको पार्टीलाई समर्थन गर्ने काम गरेको आरोप उक्त अदालतको छ । तर त्यस आरोपको उनीहरुले भने खण्डन गरेका छन् ।

इजिप्टका मानवअधिकारवादीले उक्त विश्वविद्यालयका विद्यार्थीलाई शान्तिपूर्णरुपमा विरोध गरेको आरोपमा यसरी वर्षौँको जेल सजाय सुनाउनु न्यायसंगत नभएको र उनीहरुको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको बताएका छन् ।

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्थ गरिएको थियो । त्यस समयमा उहाँको समर्थनमा आम प्रदर्शन भएका थिए । उहाँको पक्षमा गरिएका भनिएका यी प्रदर्शनका बारेमा पछिसम्म नै सरकारले खोजी गरिरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?