नेपालगञ्जलाई राजधानी बनाउन माग गर्दै फेरि आन्दोलन सुरु

नेपालगञ्जलाई राजधानी बनाउन माग गर्दै फेरि आन्दोलन सुरु
+
-

नेपालगञ्ज – बाँके राजधानी संघर्ष समितिले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ।

विभिन्न ठाउँबाट संकलन गरिएको २१ हजार हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइएको हो। नेपाली कांग्रेसको पार्टी कार्यालयबाट जुलुससहित पुगेका दलहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ रमेश केसीलाई हस्ताक्षर बुझाएका हुन्।

बाँकेलाई राजधानी गराउन माग गर्दै दलहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन्। बुधबारदेखि दोस्रो चरणको आन्दोलन शुरु भएको छ।

शुरुवाती चरणमा रहेकाले अहिले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गरिरहेको संघर्ष समितिका संयोजक कांग्रेसकी जिल्ला सभापति किरण कोइरालाले बताइन्।

बाँकेमा राजधानी किन चाहियो र त्यसका लागि पूर्वाधार कस्तो छ भन्ने जिल्लावासीसँगै पाँच नम्बर प्रदेशकै विधायकलाई बुझाउने खालको शान्तिपूर्ण आन्दोलन दोस्रो चरणमा बनाइएको छ। बिस्तारै आन्दोलन चर्काउने नेताहरुले बताएका छन्।

पाँच नम्बर प्रदेशका प्रस्तावित मुख्यमन्त्री शंकर पोखरेलले अहिले बुटवलमा अस्थायी राजधानी कायम भए पनि बाँके, दाङ र लुम्बिनीमध्ये कुन चाहि उपयुक्त हुन्छ भनेर प्राविधिक टोली खटाउने नेताहरुलाई आश्वासन दिइरहेका छन्। ‘शान्तिपूर्ण आन्दोलन गर्न कसैले रोक लगाएका छैनन्, एमालेका जिल्ला उपाध्यक्ष निरक गुरुङले भने।

हस्ताक्षर बुझाउन एमालेका जिल्ला अध्यक्ष अशोक कोइराला, माओवादीका दामोदर आचार्य, ललित रौनियार, फोरमका बदरुदुजा खाँ, राप्रपाका नरेन्द्र पौडेललयायत उपस्थित थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?