काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत अाफ्नाे पाँचौं तथा अन्तिम खेलमा नेपालले क्यानडाबाट एक सय ९५ रनकाे लक्ष्य पाएकाे छ।नेपालले ३५ आेभरमा ५ विकेट गुमाएर एक सय १८ रन जोडेकाे छ। वर्षाले राेकिएकाे खेल सुचारु भएकाे छ। नौ रनकाे अन्तरमा तीन विकेट गुमाएपछि नेपाल संकटमा परेकाे हाे। नेपालले ७२ रन जोड्दा दुई विकेट मात्र गुमाएकाे थियो।
तर तेस्राे विकेटका रुपमा दिलिप नाथ अाउट भएपछि नेपाल एकाएक दबाबमा अाएकाे हो। दिलिप ४१ रनमा अाउट भए। दिपेन्द्रसिंह एेरी १८ र शरद भेषावकर एक रनमा अाउट भए। त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए। कप्तान पारस खड्का गाेल्डेन डकअाउट भए ।
सातौं अाेभरकाे पाँचौं र छैटौं बलमा नेपालले लगातार विकेट गुमाएको थियाे। दिलिप र दीपेन्द्रसिंह एेरीबीच तेस्नाे विकेटका लागि ४८ रनको साझेदारी भयाे। तीन विकेट सेसिल पर्भेजले लिए। शाद बिन जाफरले दुई विकेट लिए। पाकिस्तानी मुलका पर्भेजले सात अाेभरमा एक मेडन राखेर १८ रन दिएका छन्। राेहित पौडेल २३ र आरिफ शेख १६ रनमा खेल्दै छन्। यी दुईबीच छैटौं विकेटका लागि ३७ रनकाे साझेदारी भईसकेकाे छ। चौथाे खेलमा केन्यालाई हराउन यी दुई युवा खेलाडीकाे ब्याटिङ निर्णायक बनेको थियो।
यसअघि टस हारेपछि ब्याटिङकाे जिम्मा पाएको क्यानडाले निर्धारित ५० अाेभरमा ८ विकेट गुमाएर एक सय ९४ रन जोड्यो। नेपालका बलर बसन्त रेग्मीले तीन र सन्दिप लामिछानेले दुई विकेट लिए। करन केसी र शरद भेषावकरले एक एक विकेट हात पारे। क्यानडाका एक ब्याट्सम्यान रन अाउटकाे शिकार भए। क्यानडाका अाेपनर श्रीमान्था विजेरत्नाले शतक बनाए। उनले अविजित एक सय ३ रन जोडे। उनले एक सय ५२ बलमा ८ चाैका प्रहार गरे।
क्यानडाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियाे। रुविन्दु गुनसेकेरालाई नाै रनमा अाउट गर्दै बसन्तले उक्त साझेदारी तोडेका थिए। क्यानडाले ५७ रन जाेड्दा सन्दिपले दाेस्रो विकेटका रुपमा कप्तान नितिस कुमारलाई पाँच रनमा अाउट गरे। क्यानडाले ६७ रन जाेड्दा सन्दिपले पाथिरानालाई दुई रनमा अाउट गरे। क्यानडाले ९० रन जाेड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा अाउट गरे।
क्यानडाले एक सय ३१ रन जाेड्दा करनले पाँचाै विकेटका रुपमा विकेटकिपर हाम्जा तारिकलाई २४ रन अाउट गरेका थिए। विजेरत्ना र तारिकबीच पाँचौं विकेटका लागि ४१ रनकाे साझेदारी भएकाे थियाे। बसन्तले १० आेभरमा ३४ रन दिए भने सन्दीपले नौ आेभरमा एक मेडन राखेर ४० रन दिए। पारसले सात अाेभरमा १६ रन दिए। सोमपाल कामीले नौ अाेभरमा एक मेडन राखेर ३८ रन खर्चिए। शरदले सात अोभरमा २१ रन दिए।
सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्। क्यानडाविरुद्ध सुरुकाे पाँच अाेभरमा केवल ७ रन खर्चिएका सन्दीपले छैटौं अाेभरम १४ रन दिएका थिए।
विश्वकप छनौट खेल्न नेपालले क्यानडालाई हराउनै पर्ने छ। ६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अंकसहित तेस्राे स्थानमा छ। क्यानडा र नामिबियाकाे पनि समान ६ अंक भएपनि नेटरनरेटमा दुवै टाेली नेपालभन्दा अगाडि छन्।
अर्काे खेलमा नामिबियाले यूएईकाे सामना गरिरहेकाे छ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् ।
पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले तेस्राे खेलमा यूएईलाई चार विकेट र चौथाे खेलमा केन्यालाई तीन विकेटले हराएकाे थियाे। सुरुका तीन खेल जितेकाे क्यानडा चौथाे खेलमा नामिबियासँग पराजित भएकाे थियाे।

भर्खरै
लोकप्रिय






































































































































































































