नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

+
-

गौर-वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन्।

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए।

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन्। नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप सुरु भएको प्रहरी निरीक्षक थापाले बताए।

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताए। स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताए।

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताए। नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?