सौराहामा ‘हात्तीको वनभोज’

सौराहामा ‘हात्तीको वनभोज’
+
-

चितवन-सधैं पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी आज छुट्टै बन्यो ।

लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मीठामीठा परिकारमा रमाए । हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा, धान, कुचि लगायतका खानेकुरा हात्तीले रमाई रमाई खाए । वनभोजमा ६० वटा हात्ती सहभागी थिए ।

सौराहामा जारी खाना महोत्सवका अवसरमा संरक्षणको चेतना दिन हात्तीको जमघट गराइएको हो। बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलो पटक हात्तीको वनभोज कार्यक्रम गरिएको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए।

एकै ठाउँमा ६० वटा हात्ती देख्दा पर्यटकसमेत रमाए । काठमाडौँबाट आउनुभएका प्रणव सुवेदीले यतिधेरै हात्ती एकैसाथ देख्नु भाग्य कै कुरा भएको बताए। हात्तीका लागि वनभोज नयाँ र सकारात्मक कार्यक्रम भएको सुवेदीको भनाइ छ ।

रेवान, सौराहा र महिला रेवानको आयोजनामा यहाँ खाना महोत्सव चलिरहेको छ। हात्ती वनभोजको उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने बताए।

बाघमारा सामुदायिक वनका अध्यक्ष विपी चौधरीले फुड फेष्टिवलका लागि हात्ती वनभोज नयाँ आयाम भएको बताए।

रेवान सौराहाका निवर्तमान अध्यक्ष तथा रत्ननगर नगरपालिक–७ का अध्यक्ष राजन भट्टले खाना महोत्सव खानामा मात्रै केन्द्रित नभई स्वास्थ्य, संरक्षण तथा चेतनामूलक कार्यक्रममा समेत सक्रिय भएको भन्दै हात्ती वनभोज जस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए।

यही माघ २८ गतेदेखि शुरु भएको सौराहा खाना महोत्सव फागुन ३ गते सकिँदै छ। सौराहामा प्रेम दिवसको अवसरमा आज पर्यटकहरूको बाक्लो उपस्थिति छ।

यहाँ स्वदेशी र विदेशी खानाका परिकार तथा थारुका परिकारमा पर्यटक रमाउन सक्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?