
काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमाथि प्रयोगकर्ताहरुको डाटा अनधिकृत रुपमा चलाएको भन्दै जर्मीनीको अदालतले रुलिङ गरेको छ।
बर्लिनमा रहेको क्षेत्रीय अदालतले फेसबुकमाथि आफ्ना प्रयोगकर्तालाई सोध्दै नसोधि डाटा लाई विज्ञापनमा प्रयोग गरेको भन्दै रुलिङ गरेको हो।
यस्तै फेडेरेशन अफ जर्मन उभोक्ता संस्थाहरु (भिजेडभीबी)ले समेत फेसबुकले कानुन विपरीत उपभोक्ताको डाटालाई प्रयोगमा ल्याएको दाबी गरेको छ।
भिजेडभीबीका कानुनी अधिकृत हेइको डुंकेल भन्छन्, ‘फेसबुकले डिफल्ड सेटिङ मार्फत लुकेर डाटा चलाइरहेको छ। यसले गर्दा प्रयोगक्ताले आफ्नो डाटा कहाँ र कसरी प्रयोग भइरहेका छन् भन्ने थाहा पाँउदैनन्।’
उनका अनुसार यसले फेसबुक गैरकानुनी रुपमा प्रयोगकर्ताको डाटा चलाएको देखिन्छ।
तर फेसबुकले भने आफूहरुले प्रयोगकर्ताको डाटा चोरी नगरेको दाबी गर्दै सबैलाई बुझ्न आग्रह गरेको छ। उसले भनेको छ, ‘ हामीले उपभोक्ता ऐन अनुसार नै काम गरेका छौ। प्रयोगकर्ताहरुको डाटालाई सुरक्षित रुपमा राखेका छौ। ‘