
अमेरिकाको फ्लोरिडामा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ जनाको ज्यान गएको छ । फ्लोरिडाको पार्कल्याण्डमा रहेको एक हाइस्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।
ओरोपित १९ वर्षका निकोलाउस क्रुजलाई प्रहरीले पक्रेको छ । अन्धाधुन्ध गोली चलाउने क्रुज विद्यालयका पूर्व विद्यार्थी हुन् ।
उनलाई विद्यालयले निष्काशन गरेको थियो । उनले आफ्नो साथमा एक भन्दा धेरै मेसिनगन ल्याएको र अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीले बताएका छन् ।
क्रुजले विद्यालय भित्र गोली चलाउन पूर्व बाहिरी क्षेत्रमा पनि गोली चलाएका थिए । यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।
ब्रोवार्ड काउन्टीका अधिकारीका अनुसार क्रुजले विद्यालय बाहिर राइफल मार्फत अन्धाधुन्ध गोल चलाउँदा तीनजनाको ज्यान गएको हो । यस्तै उनले विद्यालय भित्र गोली चलाउँदा थप १२ जनाको ज्यान गएको छ ।
दुईजनाको भने उपचारको क्रममा ज्यान गएको हो । गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बुधबार बिहान पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डग्लस हाइस्कुलमा गोलीकाण्ड भएको हो ।