दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले दिए राजीनामा

दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले दिए राजीनामा
+
-

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले तत्काल कार्यान्वयन हुने गरी राजीनामा दिएका छन् । जुमाकाले स्थानीय समय अनुसार बुधबार बेलुका राष्ट्रिय टेलिभिजनबाट प्रशारित सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका हुन् ।

जुमाले आफ्नै पार्टी एएनसीको दबाबमा राजीनामा दिएका हुन् । एएनसीले जुमालाई राजीनामाका लागि बिहीबारसम्मको समय दिएको थियो । नभए संसदमा अविश्वासको प्रस्ताव लैजाने एएनसीले जनाएको थियो । तर जुमाले बुधबार बेलुका नै राजीनामाको घोषणा गरे ।

७५ वर्षका जुमाले राजीनामा दिएपछि अब अहिलेका उपराष्ट्रपति सिरिल रामापोसा राष्ट्रपति बन्ने सम्भावना छ । उनलाई एएनसीले आफ्नो पार्टी प्रमुख बनाएको छ । सन् २००९ देखि सत्तामा रहेका जुमामाथि भ्रष्टाचारका एक भन्दा बढी आरोप लागेको छ ।

राजीनामाको घोषणाका लागि गरेको लामो भाषणको क्रममा एएनसीले आफूमाथि गरेको व्यवहार ठीक नरहेको उनको भनाई छ ।

उनले आफूले अविश्वास प्रस्तावको भयले राजीनामा नदिएको बताएका छन् । पार्टी भित्र आएको विभाजनका कारण आफूले राजीनामा दिएको उनको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?