केपी ओली आजै प्रधानमन्त्री बन्ने, शपथ ४ बजेपछि गर्ने तयारी

केपी ओली आजै प्रधानमन्त्री बन्ने, शपथ ४ बजेपछि गर्ने तयारी
+
-

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नै प्रधामन्त्रीमा नियुक्त हुने भएका छन् । वाम गठबन्धनको तर्फबाट बहुमतसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गरेको ओलीलाई बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।

उनको शपथ दिउँसो ४ बजे गर्ने गरी राष्ट्रपति कार्यालयमा तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान अबेर वा दिउँसो राजीनामा दिने छन् । त्यसपछि नयाँ सरकार गठन हुनेछ ।

वाम गठबन्धनका शीर्ष नेताले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गरिसकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेता सुवासचन्द्र नेम्बाङ र अग्नी खरेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान राष्ट्रपति भण्डारीलाई भेट्न शीतल गएका हुन् । उनीहरुले प्रतिनिधिसभा चुनवामा वाम गठबन्धनलाई बहुमत मिलेको विवरण बुझाउँदै नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा दुई वा त्यो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था अनुसार एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न उनीहरुले अनुरोध गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको ७६ (२) को व्यवस्था अनुसार बिहीबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?