आठ वर्षमा खर्च करोडाैँ, प्रगति सात प्रतिशत

+
-

नेपालगञ्ज – बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको अभियान चलिरहेको छ । आठौं वर्षको अभियान चल्ने क्रममा रहँदा जिल्लामा अहिलेसम्म सात प्रतिशतमात्रै प्रगति भएको छ ।

राज्यले बर्सेनि ठूलो धनराशी खर्च गरेर चलाउने हात्तीपाइ रोग विरुद्धको अभियानमा सोचे अनुसारको प्रगति हुन सकेको छैन ।

लगातार औषधि खुवाएको ६ वर्षमा हात्तीपाइले एक प्रतिशत भन्दा कममा झार्नु पर्नेमा बाँकेमा आठौँ अभियानको संघारमा आइपुग्दा अझै १३ प्रतिशत रोगी रहेका छन् । अभियान सुरुवात गर्दा बाँकेमा २०.८ प्रतिशत हात्तीपाइले रोगी थिए भने सात वर्ष लगातार अभियान चलाउदा १३ प्रतिशतमा झरेको छ ।

२०६७ सालमा अभियान सुरु गरेपछि २०७२ मा सर्वे गर्दा १६ प्रतिशतमा झरेको थियो । २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइले १३ प्रतिशत देखिएको छ । सरकारले फाल्गुन १२, १३ र १४ गते हात्तीपाइलेविरुद्ध आम औषधी सेवन अभियान सञ्चालन गर्दैछ ।

बाँकेमा यसपाली ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काका अनुसार, २ देखि ५ वर्षका ३४ हजार ६ सय ८८, ६ देखि १४ वर्षका एक लाख १२ हजार ८ सय ९०, १५ वर्षमाथिका ३ लाख ८८ हजार २ सय १९ जना रहेका छन् ।

एक लाख १४ हजार ९ सय ८७ घरधुरीका ती मानिसलाई औषत्रि खुवाउन ९ सय ९१ वटा बुथ बनाइएको छ । औषधि खुवाउन ३ सय ४६ जना स्वास्थ्यकर्मी, दुई हजार तीन सय स्वास्थ्य स्वयंसेवक र ५ वटा आरआरटी टीम परिचालन हुने खड्काले बताए ।

अभियानको संघारमा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु गरेर औषधि खाने वातावरण सिर्जना गरिरहेको छ । बाँकेमा हात्तीपाइलेको औषधि खान भने मानिस हच्किने गरेका छन् ।

सुरुको वर्ष स्वास्थ्यकर्मीले जथाभावी औषधि दिएर असावधानीपूर्वक खाएका कारण धेरैलाई असर गरेपछि स्थानीयहरु औषधि खाइरहेका छैनन् । जसले गर्दा पुरै अभियानलाई प्रभावित पारेको छ ।

२०६७ मा ९१, २०६८ मा ५३, २०६९ मा ६६, २०७० मा ७३, २०७१ मा ७५, २०७२ मा ६७ र २०७३ सालमा ७३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए ।

सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको छ । नेपालका ६१ जिल्ला प्रभावित रहेकोमा अभियान सञ्चालन भए पनि ३७ जिल्लामा प्रगति भएको छ ।

६ पटक अभियान सम्पन्न गर्दा पनि एक प्रतिशतमा झार्न नसकिएका २५ जिल्ला छन् । अभियानकै प्रभाव नै फितलो रहनेमा कपिलबस्तु अगाडि रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?